Pages

समर्पणले पिउने पानीको ब्यवस्था गर्‍र्यो

बीरगंज २९ पुस/  समर्पण सेवा नामक समाजिक संस्थाले जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा सर्बसाधारणका लागि चिसो पिउने पानीको ब्यवस्था गरेको छ । पानीको संशोधन र चिस्याउने मेसिन जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलको भवनमा जडान गरेर संस्थाका समरक्षक बिश्वनाथ साहले आज हस्तान्तरण गर्नु भएको हो । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पर्साका प्रहरी उपरीक्षक रमेश खरेललाई समरक्षक बिश्वनाथ साहले खानेपानी उपकरणको ब्यवस्थापन र संचालनको जिम्मेवारी सहित उपकरण हस्तान्तरण गर्नु भएको हो । साथै संस्थाद्वारा मेसिनको पत्र समेत हस्तान्तरण गरिएको हो । सो अवसरमा संस्थाका अध्यक्ष बिनय साह, बरिष्ठ प्रहरी उपरीक्षक पंकज श्रेष्ठ, प्रहरी जवान तथा स्थानिय पत्रकारहरु समेतको उपस्थिती रहेको संस्थाका सदस्य सचिव शशि बिचित्रले बताउनु भयो ।

No comments:

Post a Comment