बीरगंज ३० पुस/ ललित योग समाज संस्था द्वारा आयोजित नेपाली तथा भोजपुरी साहित्यीक गोष्ठी आज बीरगंजको पद्धम पार्टी सेन्टरमा सम्पन्न भएको छ ।
बरिष्ठ पत्रकार एवम् सहित्यकार इश्वरचन्द्र गौतमको प्रमुख आतिथ्य र ललित योग समाज संस्थाका अध्यक्ष पुष्करराज भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा बिश्वम्भर शर्मा, भक्त बहादुर अमात्य, शहिद तेज बहादुर अमात्य, दोलेन्द्र बहादुर अमात्य, गोपाल अश्क, रमेश गोर्खाली लगायतले ललित योग समाज संस्थाको बारेमा मन्तब्य दिनु भएको थियो । निस्वार्थ समाजसेवा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
No comments:
Post a Comment