बीरगंज १५ माघ/ जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले ५९ औ बिश्व कुष्ठरोग दिवसमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कुष्ठरोग उल्मुलन हाम्रो अभियान छिटो उपचार र प्रभावितलाई समुदायमा पूर्नस्थापना बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यो रोग लागेको रोगीभन्दा पनि औषधी नखाने रोगीसंग बढी डर हुनेमा जोड दिएका छन् । यदि समयमै यसको पहिचान गरेर उपचार गरी औषधी खाने हो भने यसको उपचार हुनसक्नेमा विशेषज्ञहरुले जोड दिएका छन् । नियमित औषधी सेवन गर्नाले यसको उपचार सम्भव भएकोले यसबाट डराउनु नपर्नेमा जोड दिदैं बरु औषधीको सेवन नगर्ने रोगी र लापरवाही गर्ने रोगीसंग डराउनु पर्ने भनेर विशेषज्ञले बताएका छन । कार्यक्रमको प्रमुख अतिथीमा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य कार्यालयका प्रमुख मोहम्मद दाउदले विश्व स्वास्थ्य संगठनको तथ्याकं अनुसार सन २००९ मा विश्वबाट कुष्ठरोग निवारण भइसकेको कुरा सार्वजनिक भइसकेको छ । उहाले सामान्य बोलिचालीको भाषामा यो रोगलाई लाटो रोगको रुपमा चिन्ने गरेको बताउनु भयो । हाम्रो गाउघरमा यस रोगको सम्बन्धमा जनचेतना फैलाउन नसकेको कारण पनि यो लागि सकेपछि मात्रै रोगीलाई जानकारी हुने गरेको चर्म रोगका चिकित्सक आतुलोष चौरसियाले बताएका छन् । त्यसोत नेपाल सरकारले यसको उपचारको लागि नि:शुल्क औषधीको ब्यवस्था गरेको छ । तैपनि गाउघरमा जबसम्म हात र खुटा झरदैन तबसम्म चिकित्सक कहा पुग्ने गर्दैन । यही नै सबैभन्दा ठुलो समस्या हो यो रोगको चिकित्सक चौरसियाले बताउनु भयो । हुनत हामी कहा यस रोगलाई धार्मिक अभिशापको रुपमा लिने गरेकोले हतपत यो रोग लागिसकेपनि रोगीले बताउन चाहदैनन् । किनभने हाम्रो समाजमा अहिले पनि यो रोगलाई महारोगी, किडा परेको, वा कोडी परेको भनेर हेला गर्ने प्रचलन विद्यमानै छ । यस्तो प्रचलन शहरमा कमि भएपनि गाउघरमा अझै पनि कुष्ठरोगीलाई डरलाग्दो र श्रापित रोगको रुपमा लिने गरिन्छ । सोही कारण लक्षण देखा परेपनि कतै कुष्ठरोग नै होइन भनेर सामाजिक डर त्रासको कारण चिकित्सक कहा पुग्ने गर्दैनन् । पछि हातखुटा झर्न थालेपछि मात्रै पुग्ने गर्छन । यही कारण पहिले यो रोगको बारेमा गाउघरमा सामाजिक चेतना फैलाउनु पर्छ । यो रोग श्रापित रोग होइन यो कसैलाई पनि हुनसक्ने अन्य रोग सरहकै रोग हो भनेर । तबमात्र यसको न्युनिकरणमा सजिलो हुनसक्ने सहभागी वक्ताहरुको दावी थियो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख इन्द्रदेव प्रसाद यादबको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:
Post a Comment