बीरगंज ३० पुस/ शिवम बचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारण सभा आज वीरगंजमा सम्पन्न भएको छ ।
वीरगंजको कलवार कल्याण समितीको सभाहलमा आयोजित सभालाई डिभिजन सहकारी कार्यालयका निमित प्रमुख दुर्गा प्रसाद जैसवालले पानसमा बत्तीबाली उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्दै जैसवालले सहकारी संस्थाहरु संख्यात्मक रुपमा बढी खुलेपनि हाल २ सय २५ वटा सहकारी संस्थाहरु नियमित रुपमा संचालनमा रहेको बताउनु भयो । संस्थाका अध्यक्ष शिवजी प्रसाद कलवारले आर्थिक बर्ष ०६७/०६८ को कार्यपत्र प्रंस्तुत गर्नु भएको हो । कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष कलवारले संस्थाले आर्थिक बर्ष ०६७/०६८ मा कुल ९ करोड ७५ लाख ५४ हजार ९ सय रुपैया लगानी गरेको बताउनु भयो । उहाँले गरेको लगानी मध्ये ५ करोड ६२ लाख ९७ हजार ३ सय ७५ रुपैया असुल गरेपछि ४ करोड १२ लाख ५७ हजार ५ सय २४ रुपैया असुल उपर गर्न बाँकी रहेको प्रष्ट पार्नु भयो । अध्यक्ष कलवारले संस्थाले आर्थिक वर्षमा ७ लाख १३ हजार ३ सय ३ रुपैया मुनाफा गर्न सफल भएको बताउनु भयो । आर्थिक वर्ष ०६८/०६९ मा ५ करोड रुपैया कर्जा पुर्याउने लक्ष्य लिएको र ६२ लाखबाट शुरु गरेको सहकारी संस्थाले ९ करोड ८८ लाख भन्दा बढी लगानी पुर्याउने लक्ष्य रहेको अध्यक्ष कलवारले बताउनु भयो । कार्यक्रममा श्याम सुन्दर रुगंटा, सुमन चौधरी, रुपा देबीलाई जनही ५ हजार १ रुपैया र कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका महासचिव सुबोध गुप्ता, राष्ट्रिय वाणिज्य बैक वीरगंजका प्रबन्धक कृष्णानन्द झा, समाज सबी उषा शाह, बचत संयोजक बिश्वामित्र प्रसाद कलवार, जयलक्ष्मी बचतका महासचिव एवम् प्रबन्धक असगर अली, अनिल कुमार मानन्धर र महालक्ष्मी बचत तथा सहकारी संस्थाका गोविन्द श्रेष्ठलगायतले संस्थाको उत्तरोउत्तर प्रगतीको कामना गर्नु भएको थियो । संस्थाका पुर्व अध्यक्ष राजनारायण प्रसाद जैसवालले स्वागत भाषण गर्नु थियो भने कार्यक्रमको संचालन राजेन्द्र प्रसाद जयसवालले गर्नु भएको थियो ।
No comments:
Post a Comment