बीरगंज १ माघ/ मकरसंक्रान्ति थारु समुदायले महान पर्वको रुपमा माघीपर्व अर्थात खिचडीको अवसरमा आज बीरगंजमा बिभिन्न कार्यक्रम गरि मनाएका छन ।
बीरगंजको घण्टाघरबाट निकललिएको झाकि सहितको र्याली बीरगंजको माईस्थान, महाविरस्थान, अलखियामठ र आदर्शनगर हुदै आदर्शनगर स्थित नगरसभा गृहमा पुगी परिणत भएको थियो । थारु कल्याण समिती पर्साका अध्यक्ष रामनारायण गौरोको अध्यक्षतामा सम्पन्न सास्कुतीक कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस पर्साका सभापति सुरेन्द्र प्रसाद चौधरीले आजको दिन थारुहरुको विशेष दिन भएकोले यसै दिनमा देशभरीका थारुहरु आफनो हक अधिकारको लागि एकभएर अघि बढनु पर्नेमा जोड दिनुभयो । पर्सा जिल्लामा करिव ७५ हजारको संख्यामा थारु समुदायहरु बसोबास गर्ने गर्दछन् । नेपाल भरीकै थारु समुदायले आज माघ १ गतेको दिनलाई आफनो नया बर्षको रुपमा बढो धुमधामका साथ मनाउने गर्दछन् । थारु समुदायका ब्यापारीहरुले आजैको दिनबाट आफनो पुरानो हिसावकिताब बन्द गरी नया खाता संचालन समेत गर्ने गरिएको बताइएको छ । कार्यक्रममा थारु समुदायको महिलाहरुले बिभिन्न किसीमको झाकी प्रदर्शन गर्नुको साथै बिभिन्न किसीमको सांस्कृतीक कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

No comments:
Post a Comment