Pages

सहयोग मंचद्वारा शुभकामना अदान प्रदान


मंचले आयोजना गरेको कार्यक्रममा सहभागी अतिथीहरु । 












बीरगंज १२ माघ/  ६३ औ भारतीय गणतन्त्र दिवसको अवसरमा आज नेपाल भारत सहयोग मंचले शुभ कामना आदान प्रदान तथा जलपान कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंज उधोग वाणिज्य संघको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा क्षेत्रीय अंचल प्रशासक माधव प्रसाद रेग्मी, भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत आशुतोष अग्रवाल, पर्साका पर्सा प्रहरी उपरीक्षक समेश खरेल, बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, नेपाली कांग्रेस पर्साका सभापति सुरेन्द्र चौधरी, पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, समाजसेवी, बुद्धिजिवि, नागरिक समाज, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । सहयोग मंचका कार्यवाहक अध्यक्ष उमेशचन्द्र ठाकुरले नेपाल भारतको सम्बन्ध संधै राम्रो बनी रहोस भन्ने कुरामा जोड दिनु भएको थियो ।

No comments:

Post a Comment