बीरगंज २६ पुस/ नेपाल सरकार र संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चा आजाद समुहबीच बीरगंजमा सम्पन्न दोस्रो चरणको वार्तामा मोर्चाले हात हतियार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
आज बीरगंजको होटेल सुरजमा भएको बार्तापछि मोर्चाले आफुसंग भएको हतियारहरु नेपाल सरकारको जिम्मा लगाएको हो । मोर्चाले विभिन्न जिल्लामा बुझाएको हतियार जिल्ला प्रशासन कार्यालय पर्साको जिम्मामा रहेको हतियारहरु यसप्रकार रहेको छ । मोर्चाले बारा जिल्लामा नलकटुवा पेस्तोल १७ थान, मिस फायर गोली ५ थान र बारुद अन्दाजी १० किलो बुझाएको छ । सिरहामा एक नाले कटुवा पेस्तोल थान ७, रिभल्वर थान १, दुइ नाले कटुवा पेस्तोल थान १, एक नाले मासकेट बन्दुक थान १ र मिस फायर गोली थान २ रहेको छ । यसैगरी रौतहटमा एक नाले बन्दुक थान १ र नलकटुवा पेस्तोल थान ४ रहेको छ । धनुषामा नलकटुवा पेस्तोल थान २ रहेको छ । सप्तरीमा नलकटुवा पेस्तोल थान ४ रहेको छ । आज बुझाउन बाकी रहेको हात हतियार मोर्चाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा यथास्र्रि बुझाउने सहमति भएको छ । साथै मोर्चाको तर्फाट शान्ति तथा पूननिर्माण मन्त्रालयमा बुझाइएको विवरण बमोजिमका नेता तथा कार्यकर्ताहरुलाई लागेको मुद्धा फिर्ता र थुनुवा तथा बन्दीहरुको रिहाई सम्बन्धी प्रक्रिया नेपाल सरकारले प्रारम्भ गर्ने सहमती दुबै पक्षबीच भएको छ । गत भाद २ गते मकवानपुरको हेटौडामा बसेको पहिलो चरणको वार्तापछि आज दोस्रो चरणको वार्ता शुरु भएको हो । वार्तामा नेपाल सरकारको तर्फाट शान्ति तथा पूनर्निर्माण मन्त्री श्रीमती सत्य पहाडीको नेतृत्वमा शान्ति सचिव ध्रुवप्रसाद शर्मा, सहसचिव तथा द्धन्द्ध ब्यवस्थापन महाशाखाका प्रमुख भरत पौडेल, उपसचिव ज्ञानेन्द्र ढकाल, शाखा अधिकृत माधव शर्मा, शाखा अधिकृत माधव शर्मा र मन्त्रीका निजी सहायक प्रकाश महतराको सहभागिता रहेको छ भने संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चा आजाद समुहको तर्फाट वार्ता टोलीका संयोजक उदयकान्त मिश्र भन्ने आजाद, महासचिव गुलाव सरोवर सेख ९सागर० बरिष्ठ नेता हरेराम यादब ९खुदीराम० भन्ने पदाधिकारीहरुको सहभागिता रहेको छ ।

No comments:
Post a Comment