बीरगंज २२ पुस/ नेपाल नागरिक उड्डेन प्राधिकरण हवाई सुरक्षा बिभाग एभिएशन फायर महाशाखाको आयोजनामा आपतकालीन अवस्थामा म्याचुवल एड एजेन्सीहरुको भुमिका बिषयक एक दिने कार्यशाला गोष्ठी आज बीरगंजमा सम्पन्न भएको छ ।
बीरगंजको होटल पुजनमा आयोजित कार्यक्रममा प्रमुख अतिथी पर्सा प्रमुख जिल्ला अधिकारी शम्भु कोईरालाले बिमानस्थलको स्तरीयता सम्बन्धी सरोकारवालाहरु ध्यान दिई स्तरीयतामा सुड्रिढीकरण गरी बिमानस्थललाई बिमानस्थाल जस्तो बनाउनु पर्ने बताउनु भयो । उहाँले बिमानथलमा कार्यरत कर्मचारीहरुको कमाउने मानसिक्ता त्यागी ईमान्दारीताका साथ अत्यन्त सम्बेदन शिल बनि काम गर्नु पर्नेमा जोड दिनु भयो । प्रमुख जिल्ला अधिकारी कोईरालाले कर्मचारीहरुले ईमान्दारीताका साथ काम गरेमा केही बर्ष अघि देखी नेपालको परिपेक्षमा बिग्रीएको बिमान स्थलको सुरक्षामा उल्लेखनिय सहभागीता रहने बताउनु भयो । कार्यक्रममा नेपाल नागरिक उड्डेन प्राधिकरण हवाई सुरक्षा बिभागका निर्देशक भरतराज ढकाल, सिमरा बिमानस्थलका प्रमुख बिक्रमराज गौतम, बाराका प्रहरी उपरीक्षक दान सिंह बोहरा, बीरगंज स्थित बरखगणका धनबहादुर थापा लगायतकाले बिमानस्थलमा आईपर्ने सुरक्षाका बारेमा चर्चा गर्नु भएको थियो ।

No comments:
Post a Comment