बीरगंज २२ पुस/ वीरगंजस्थित केडिया आँखा अस्पतालले निकट भविष्यमा बाल नेत्र सेवा केन्द्र संचालन गर्ने अस्पताल व्यवस्थापन समितिले आज वीरगंजमा पत्रकार सम्मेलन गरी यो सेवा बारे जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष हीरालाल केडियाले अस्पतालले अर्बिस इन्टरनेशनलको सहयोगमा यो सेवा संचालन गर्न लागेको बताउनु भयो । अस्पतालका निर्देशक डा.पदमराज बिष्टले हाल नेपालमा १४ बर्ष मुनीका बालबालिकाको संख्या कुल जनसंख्याको ४० प्रतिशत रहेको र अविकसितमा मुलुकमा प्रति दुई हजार बालबालिकामा तीन जना अन्धो हुने गरेको बताउनु भयो । अस्पतालमा सन् २०१० मा कुल एक लाख सात हजार र २०११ मा एक लाख १९ हजार जनाको नेत्र परिक्षण गरिएकोमा तीन मध्ये सात देखि सात प्रतिशत बालबालिकाहरु रहेको डा.बिष्टले बताउनु भयो । हाल उक्त अस्पतालमा नेपाली तथा भारतीय गरी दैनिक सरदर छ सय जनाको आँखाको परीक्षण हुने गरेको बताउनु भयो ।

No comments:
Post a Comment