बीरगंज १३ पुस/ वीरगंजमा जारी अन्र्तराष्ट्रिय व्यापार मेला नेक्स्पो २०११ मा बुधबार फास्ट मुभिङ्ग कन्ज्युमर प्रोडक्ट पेभेलियनमा राम्रो व्यापार भएको छ । मेला आयोजक वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानीले आज फास्ट मुभिङ्ग कन्ज्युमर प्रोडक्ट पेभेलियनमा बढि भिडभाड रहेको बताउनु भयो ।
विशेष गरी भान्सा घर तथा गृहिणीहरुलाई आवश्यक पर्ने बस्तुहरुको स्टल यो पेभेलियनमा राखिएको छ । मेलामा शालिमार समुहको स्टलमा प्रदर्शन तथा बिक्री बितरणका लागि राखिएको १२ किलोको एउटा छुट्टै करुवा राखेको छ । शालिमार समुहका अन्तरगत बर्षा मेटलले उत्पादन गरेको उक्त करुवाको ७५ हजार मुल्य रहेको छ । करुवामा ब्रास, जिन्क र गिलेट प्रयोग गरिएको यो करुवा डेढ देखी २ महिनामा तैयार गरीएको सो करुवा पुजा तथा सोकोमा प्रयोग हुने शालिमार समुहका अशोक बैधले बताउनु भयो । पुस १८ सम्म चल्ने मेला बीरगंजस्थित आदर्शनगर रंगशालामा लागेको छ । मेलाको लगभग तीन लाख सर्वसाधारण तथा व्यापारीहरुले अवलोकन गर्ने तथा १२ करोड रुपैया बराबरको कारोबार हुने अनुमान छ । मेलामा स्थानीय, स्वदेशीका साथै विदेशी स्टलहरुपनि रहेका छन् । मेलाबाट स्वदेशी तथा विदेशी उत्पादक, वितरक, विक्रेता तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ दिने र स्वदेश लगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट, भेला गराई सरसामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु पनि मेलाको उद्देश्य रहेको हो टेमानीले बताउनु भयो । एक दिनमै करीब एक करोड ७० लाख रुपैयाको कारोबार भएको टेमानीले दाबी गर्नु भयो । ६ दिन सम्ममा करीब एक लाख दर्शकले मेलाको अवलोकन गरी सकेको संघका अध्यक्ष टेमानीले बताउनु भयो ।
No comments:
Post a Comment