बीरगंज २ माघ/ नसोधी नबोली भुकम्पीय बिपद, जागौ जुटो बचाउन सृष्टिको सम्वदा भन्ने नाराका १४ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा आज बीरगंजमा र्याली निकालीएको छ ।
भौतीक योजना तथा निर्माण मन्त्रालय, शहरी बिकाश तथा भवन निर्माण बिभाग डिभिजन कार्यालयको संयुक्त आयोजनामा बीरगंजको घण्टाघरबाट निकालीएको र्याली नगरको बिभिन्न भागको परिक्रमा पश्चात पुन: घण्टाघरमा आई सभामा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोईरालाले बिकसित मुलुकको तुलनामा हाम्रो जस्तो अविकसित मुलुकमा यस प्रकारको भुकम्पीय सम्बन्धी सचेतनामुलक कार्यक्रमको बढी महत्व रहेको बताउनु भयो । उहााले भुकम्पबाट भएका प्राय घटनाहरुमा प्राकृतिक बिपदी भन्दा, मानिसहरु आतिएर बढी दुर्घटना हुने गरेको तथ्याङक रहेकोले, हामी साधन स्रोतले सम्पन्न भन्दा पनि सचेत हुनु जरुरी भएको बताउनु भयो । कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश खरेल, जिल्ला शिक्षा अधिकारी प्रमोद साह, स्थानिय बिकाश अधिकारी रामाधिन प्रसाद यादव, पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, इन्जिनीयर एशोसिएसन पसाृका पुर्व अध्यक्ष लालबाबु चौरसिया लगायतले आफुले चाहेर पनि सोचे जस्तो भौतिक पूर्वाधार निर्माण गर्न सक्दैनौ, तर आफुले निर्माणको क्रममा थोरै भएपनि सचेत हुन सक्यौ भने यसबाट पनि भविष्यमा भुकम्पबाट हुने दुर्घटनालाई न्युनिकरण गर्न सक्ने बताएका छन् । मन्तब्य दिनु भएको थियो । शहरी बिकाश तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय पर्साका अध्यक्ष सुनिल कुमार ठाकुरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम पश्चात बीआईटी कलेजमा भुकम्प सम्बन्धी चित्रहरु समेत प्रदर्शन गरिएको थियो । विक्रम सम्बत १९९० सालमा गएको महाभुकम्पको सम्झनामा र आउादो दिनमा यसबाट र्सवसाधारण जनतालाई भुकम्पबाट जागरुकता होस र सचेतना फैलियोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ ।

No comments:
Post a Comment