बीरगंज १० पौष । श्री राणीसती दादीजी मन्दिरको प्राण प्रतिष्ठा गरेको २५ औ बर्ष प्रवेश गरेको शुभ अवसरमा बीरगंजस्थित राणी सतीदादीजीको मन्दिरमा विभिन्न खाले कार्यक्रमको आयोजना गरेको छ । बीरगंजमा बसोबास गर्ने मारवाडी समुदायले बीरगंजको अलखियामठ स्थित श्री राणीसती मन्दिर एवं अतिथी सेवा सदनमा आयोजना भइरहेको दुइ दिने रजत जयन्ती महोत्सवमा विभिन्न प्रकारको किर्तन प्रवचन र महाभिषेक कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएको छ । शनिवारबाट संचानल भएको रजत जयन्ती महोत्सवको लागि नेपाल लगायत भारतको विहार, बंगाल, गुजरात र दिल्लीबाट गरी करिव १ हजार मारवाडी समुदायका बिद्धानहरुको सहभागिता हुने मारवाडी सेवा ट्रष्टका अध्यक्ष हिरा केडियाले बताए । श्री राणीसती दादीजीको मन्दिरको रजय जयन्ती अवसर नेपालमै पहिलो भएकोले सती शिरोमणी श्री राणीसती दादीजीलाई भक्तजनहरुले आइतबार साझ सवा लाख फुलको अदभुत महाभिषेक गर्ने र १००८ दिप प्रज्वलित गर्ने कार्यक्रम रहेको महोत्सवका सदस्य नरेन्द्र शाहले बताए । मारवाडी समुदायको कुल देवीको रुपमा चिनिने राणीसती दादीजीको रजत जयन्ती महोत्सवको लागि बीरगंजका मारवाडी समुदायले राणीसती मन्दिरलाई दुलही जस्तै सिगारेको छ । शनिवार विहानैदेखि शुरु भएको यस महोत्सवमा आयोजना गरिएको प्रवचनमा मारवाडी समुदायका महिलाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
No comments:
Post a Comment