Pages

प्रधानमन्त्री द्वारा नेक्स्पो मेलाको उदघाटन










वीरगंज, ८ पुस/  प्रधानमन्त्री डा बाबुराम भट्टराइले मुलुकको आर्थिक अवस्था सुदृढ नभए सम्म राजनीतिक परिवर्तनको कुनै महत्व नहुने बताउनु भएको छ ।
वीरगंजमा आजबाट सुरु भएको अन्र्तराष्ट्रिय व्यापार मेला नेक्स्पो २०११ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले स्वदेशी उद्योगी व्यवसायीको लगानी सुरक्षा नभए सम्म विदेशी लगानीलाई आकर्षित गर्न नसकिने बताउनु भयो । वीरगंज मुलुककै प्रमुख नाका तथा औद्योगिक क्षेत्र भएको बताउदै प्रधानमन्त्री भट्टराईले निर्यात योग्य बस्तु पर्याप्त भए मात्र यो नाकाको महत्व रहने बताउनु भयो । उहाँले वीरगंजमा निर्यात योग्य उद्योग स्थापना गर्नका लागि सरकारले चाँडैनै सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) को निर्माण गरेर निजि क्षेत्रको सहकार्यमा संचालन गर्न लागेको बताए । दुई बर्षभित्र वीरगंजमा एकीकृत सुरक्षा जाच चौकी निर्माण भई सक्ने पनि उनले बताउनु भयो । बर्दिबासदेखि पथलैया सम्म रेल्वे मार्ग निर्माण र वीरगंज सुख्खा बन्दरगाह सम्म उक्त मार्गलाई जोड्ने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताउनु भयो । निर्माणाधीन हुलाकी राजमार्गले वीरगंजलाई थप बैकल्पिक सडक मार्ग उपलब्ध गराउने पनि बताउनु भयो । आफ्नो कार्यकालमा उद्योग क्षेत्रलाई लोड सेडिङ्ग मुक्त बनाई छाडने प्रतिबद्धता जाहेर गर्दै प्रधानमन्त्री भट्टराईले अविलम्ब भारतबाट
विद्युत आयातको प्रकृया आफूले अघि बढाउने प्रतिबद्धता जाहेर गर्नु भयो । वीरगजमा प्रदर्शनी कक्षको आवश्यकता औल्याउदै प्रधानमन्त्री भट्टराईले यसका लागि यहाका उद्योगी व्यवसायीलाई पूर्वाधार जुटाउन आवश्यक जग्गा सरकारले व्यवस्था गर्ने बताउनु भयो । वीरगंजमा उच्च स्तरको व्यवस्थापन अध्ययन प्रतिष्ठान निर्माण गर्ने आफ्नो सोंच रहेको पनि बताउनु भयो । समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उर्जा संकट समाधान गर्न अविलम्ब भारतबाट दुई सय मेगावाट
विद्युत आयात, डिजेलको दोहोरो मूल्य हटाउने,उद्योग र उद्योगी व्यवसायीको सुरक्षा लगायतका मागहरु सरकारसंग गर्नु भयो । बीरगंजस्थित भारतीय महावाणिज्य दुतावासका वाणिज्य दुत आशुतोष अग्रवालले बिप्पा सम्झौताले भारतीय लगानी नेपालमा बढने र यसबाट यहा रोजगारीको अवसर समेत बढने बताए ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानीले उर्जा संकट अविलम्ब समाधान गरी डिजेलको मूल्य वृद्धि फिर्ता लिन सरकारसंग माग गर्नु भयो ।

No comments:

Post a Comment