बीगंज ३१ भदौ/ सेफर वीरगंजको सक्रियतामा आज साँझ बीरगंजको आदर्शनगर स्थित स्वीमिङ पुल परिसरमा आयोजना हुन लागेको मनोरंजनात्मक “शालीमार रमाइलो साँझ” कार्यक्रम आज सम्पन्न भएको छ ।
सेफर वीरगंज नाम संस्थाले वीरगंज क्षेत्र भित्र CCTV क्यामेरा जडान कार्यलाई विस्तार गर्नका लागि अर्थ संकलन गर्ने उद्देश्यले रमाइलो साँझ कार्यक्रमको आयोजना गरेको हो । नेपालका ख्याति प्राप्त कलाकारहरुलाई एउटै थलोमा भेला गराई आयोजना भएको सांगीतिक एवं हास्य व्यङ्गय कार्यक्रमले वीरगंजबासीलाई भरपुर मनोरंजन प्रदान भएको धारणा सेफर वीरगंजका सचिव अमर बहादुर गौतमले बताउनुभयो । कार्यक्रममा कलाकार दिपा श्री, दिपक राज, शिवहरि पौडेल, किरण केसी, सम्झना बुढाथोकी, शैलेन्द्र सिह खडा, मनोज गजुरेल, बिनोद केसी र मल्लीका कार्की रहेका थिए । कार्यक्रममा तितो सत्यका ख्याति प्राप्त जोडी दीपक राज गिरी, दीपा श्री निरौला, त्यसैगरि हास्य कलाकार मनोज गजुरेल, शिवहरि पौडेल, किरण केसी, मल्लिका कार्की, सम्झना बुढाथोकी, शैलेन्द्र सिह खडा कलाकारहरुले बिभिन्न खाले रोचक प्रस्तुती गरेका थिए । कार्यक्रमबाट प्राप्त भएको रकम वीरगंज क्षेत्रमा जडान भएका CCTV क्यामेराहरु मर्मत तथा सम्भार र विस्तार जडान गर्नमा खर्च गरिने सचिव गौतमले बताउनु भयो । शालीमार ग्रुपले प्रायोजन गरेको सो कार्यक्रममा करिब २ देखी ३ लाख सम्म खर्च हुने बताइएको छ । शालीमार ग्रुपले शालीमारको नामबाट सिमेन्ट, पेन्ट, कुकर, कामधेनु स्टील लगायत बिभिन्न समाग्रीहहरु उत्पादन गर्दै आएको छ । कार्यक्रममा कलाकारहरुको मनोरंजनात्मक सांगीतिक एवं हास्य व्यङ्गयको मजाउठउनका लागि आयोजक समुहले रु २ हजार, १ हजार र ५ सय बराबरको टिकटको मुल्य तोकेता पनि स्वीमिङ पुल परिसरमा करिब ५ हजार भन्दा दर्शकहरु पुगेका थिए ।

No comments:
Post a Comment