Pages

दीगो विकासका लागी अन्तरकृया

बीरगंज ३१ भदौ/ अपाङहरुको दीगो विकासका लागी सशक्तिकरण विषयक एक दिने अन्तरकृया कार्यक्रम आज वीरगन्जमा सम्पन्न भएको छ ।
वातावरण संरक्षण तथा सामाजिक विकास संस्थाद्वारा रानीघाटमा अवस्थित सर्राफ धर्मशालामा आयोजित कार्यक्रममा सहभागीहरुले अपाङहरुका लागी राज्यले विभिन्न सुविधाहरु घोषणा गरेपनि सबै खाले अपाङगता भएका व्यक्तिहरुले सुविधा पाउन नसकेको गुनासो गरे । उनीहरुले अपाङगहरुका लागी पर्याप्त अवसर दिलाउन संविधानमै व्यवस्थाका लागी सभासदहरुलाई दबाब दिइनुपर्नेमा जोड दिए ।  कार्यक्रममा मधेशी अपाङ संघका अध्यक्ष पुरुषोत्तम दुबे, आयोजक संस्थाका अध्यक्ष जयराम राउत मुखिया, तैरा खातुन, जैमुन नेसालगायतले अपाङहरुको समस्याबारे आफ्नो धारणा व्यक्त गरेका थिए ।

No comments:

Post a Comment