बीरगंज ३१ भदौ/ जंगली हात्तीको बथानले बाराको निजगढ गाविस ८ र ९ स्थित नदीकट्टाका एक जर्दन भन्दा बढी किसानले खेतमा लगाएको बाली खाएर लाखौ मुल्य बराबरको बाली क्षेति पुर्याएको छ ।
हात्तिको बथानले निजगढ ९ का सुर्यबहादुर पहरी, कमल अर्याल, हर्क श्रेष्ठ, चित्र चौलागाई, रामहरी खडका र तिलकबहादुर अस्थाने लगायत ४ दर्जन भन्दा बढी किसानको करिव २५ बिगाहा क्षेत्रमा लगाएको धान, मकै र उखु बाली खाएर क्षेति पुर्याएको हो । हात्तिले खाएर बाली क्षेति पारेपछि किसानहरु समस्यामा परेको निजगढ ९ का सुर्यबहादुर पहरीले बताए । ‘बर्षभरी खाने बाली नष्ट भएपछि किसानले अनिकाल बेहोर्नु पर्ने भएको छ’ पहरीले भने । हात्तिको बथानले स्थानीय तिलकबहादुर अस्थानेको घरभित्र धोक्रोमा राखेको मकैको पिठो समेत खाएको उनले जानकारी दिए । एक सातादेखि ३०/३५ को संख्यामा आउने हात्तिले किसानलाई आतङ्कित पारेको स्थानीय शिक्षक मानबहादुर श्रेष्ठले बताए । ‘दिनहुँ खाएर जान्छन किसानले हेरर बस्नु बाहेक केही गर्न सकेका छैनन ।’ भने । प्रशासनले हात्ति आतङ्क नियन्त्रण गरेर किसानलाई क्षेति पुर्ति उपलव्ध गराउनु पर्ने पनि उनले माग गरेका छन । जिल्ला वन अधिकृत रामानन्द साह सहित वन र कृषि कार्यालयका कर्मचारीहरुको एउता टोलीले क्षेतिग्रस्त क्षेत्रको शुक्रवार निरीक्षण गरेको छ । अधिकृत साहले नोक्सानीको विवरण संकलन गरेर किसानलाई क्षेतिपुर्ति उपलव्ध गराइने बताए । ‘क्षेतिपुर्तिको लागि कार्यालयले सिफारिस गरेर पठाउने बताइएको छ । सरकारले वन र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा वन्य जन्तु विभागमार्फत वन्य जन्तुले नोक्सान पारेको बालीको क्षेतिपुर्ति दिने व्यवस्था गरेको छ ।

No comments:
Post a Comment