Pages

विश्वकै सबैभन्दा लामो माला

बीगंज ३० भदौ/ चाचान इम्पेक्समा काम गर्ने वीरगंज १३ बस्ने राजेश अग्रवालकी ३२ बर्षीय श्रीमति बिनिता अग्रवालले विश्वकै सबैभन्दा लामो माला बनाएको दाबी गरेकी छिन् ।
बीरगंजस्थित मकालु होटलमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो दाबी गरेकी हुन् । दुई हजार ६१ मिटर लामो पोते हाल सम्मकै विश्वकै सबैभन्दा लामो माला रहेकाले आफू्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिेने उनले बताइन् । यस अघि सन् २०१० मा अमेरिकाको फेल्कन गु्रपले एक हजार सात ५९ मिटर लामो माला बनाएर आफ्नो नाममा रेकर्ड कायम गरेकोमा हाल आफूले त्यस भन्दा पनि लामो माला बनाएको उनले बताइन् । यो पोते बनाउन उनले आठ हजार रुपैया खर्च गरेकी छिन् । यो माला बनाउन बिनिताले यसै बर्षको मे २७ तारिखबाट सुरु गरेर अगस्ट ६ तारिख अर्थात करीब तीन महिना लगाएकी छिन् । यस अघि गिनिज बुकमा दर्ता भएका सबै माला एकल नभई सामूहिक प्रयासबाट तयार भएकोमा आफूले भने एकल प्रयासमा तयार पारेको बिनिताले दाबी गरिन् । यो पोते बनाउन उनले दैनिक करीब चार घण्टा समय खर्च गरेकी थिइन् । करीब २० किलो तौल भएको यो पोतेमा एक दर्जन प्रकारका रंग समावेश छन् । पेशाले आर्किटेक्ट इन्जिनियर अग्रवालले खाली समयको सदुपयोग गर्ने तथा पृथक शैलीमा नाम कमाउने आफ्नो इच्छाशक्तिले आफूलाई किर्तीमानी काम गर्न हौसला दिएको उनले बताइन् ।

No comments:

Post a Comment