बीगंज ३० भदौ/ जिल्ला शिक्षा कार्यालय पर्सामा बालबिकाश केन्द्रका सहयोगी कार्यकर्ता संघ द्धारा तालाबन्दी गर्ने प्रयास असफल भएपछि सहयोगी कार्यकर्ताहरु धर्नामा बसेका छन ।
सहयोगी कार्यकर्ताहरु तालाबन्दी गरे पश्चात सुरक्षाकर्मीहरुको टोली हस्तक्षेप गरि ताल्चा फोडेका छन । ताल्चा लगाउने र फोडने प्रयासमा दुबैपक्ष बीच केही बेर तनाव समेत भएको थियो । सहयोगी कार्यकर्ता संघले प्राथमिक तहको शिक्षा बराबर तलव सुबिधा उपलब्ध गराउनु पर्ने, बालबिकाश केन्द्रको भौतीक पुर्वधारको अवस्था सुधार्नु पर्ने, सहयोगी कार्यकर्तालाई शिक्षाको मान्यता दिनुपर्ने सहितको ५ बुदे माग पुरा गराउनका लागि दवाव दिदै आज देखी अनिश्चितकालीन तालाबन्दी गर्ने घोषणा गरेका थिए । बालबिकाश केन्द्रका सहयोगी कार्यकर्ताहरु पर्साका अध्यक्ष गीता दनालको अगुवइमा रहेको कार्यकर्ताहरु जिल्ला शिक्षा कार्यालय पर्सामा धर्ना दिएका हुन ।

No comments:
Post a Comment