Pages

रुख काटदै गरेको एक पक्राउ

बीरगंज १० श्रावण/ बाराको रतनपुरीबाट गएराती बन गस्ती टोलीले रुख काटदै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ । .............
इलाका बन कार्यालय तामागढी र जिल्ला बन कार्यालय बाराको संयुक्त बन गस्ती टोलीले रुख काटदै गरेको अवस्थामा धनबहादुर रुमबालाई पक्राउ गरेको हो । रुमबालाई पक्राउ गर्ने क्रममा एक राउन्ड हवाई फायर समेत गर्नु परेको गरिएको बन गस्ती टोलीले जानकारी दिएको छ । रुमवालाई आवश्यक कारवाहीका लागि जिल्ला बन कार्यालय बारामा राखिएको छ ।

No comments:

Post a Comment