हेटौंडा १४ श्रावण/ बेलखोल्सी सामुदायिक वन उपभोक्ता समूह हेटौंडा ९ को जंगल क्षेत्रभित्र बनाइएको जलाशयलाई व्यवस्थित गरिने भएको छ । ............
आज क्षेत्रिय वन निर्देशक राजदेवप्रसाद यादवले सामुदायिक वनमा निर्माण भएको जलाशयको निरीक्षण पश्चात यसलाई व्यवस्थित गर्न यसै महिना रकम निकासा गर्ने वचन व्यक्त गर्नुभएको छ । क्षेत्रिय वन निर्देशक राजदेव प्रसाद यादव सहित जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरासीया, बाइसेप एसटीका क्षेत्रिय कार्यक्रम व्यवस्थापक डा अखिलेश्वरलाल कर्ण, बद्रीकुमार कार्की, अच्युत उपाध्याय लगायतको टोलीले जलाशयको अवलोकन गरेको थियो । अवलोकन पश्चात जलाशयको पानी सिपेज भएर गएको अवस्थालाई रोक्नको निमित्त टेवा पर्खाल लगायतको आवश्यकता रहेको महशुस गरी जलाशयको उचित व्यवस्थापन गर्नको लागि ५० हजार भन्दा बढि रकम निकासा गर्न जिल्ला वन अधिकृत चौरासियाले क्षेत्रिय निर्देशकलाई अनुरोध गनुृभएको थियो । क्षेत्रिय निर्देशक यादवले थोरै क्षेत्रफलमा रहेको वन क्षेत्र जैविक विविधताको धनी भएकोले यसमा रहेको पानीको मुहानको संरक्षण गर्न अम्रीसो, जामुन, बेद, लाकुरी रोप्नुपर्ने ुसुझाव समेत दिनुभएको थियो । केहि समय अघि भु संरक्षण कार्यालय मकवानपुरको ९० हजार र स्थानिय श्रमदान समेत गरी २ लाख ५० हजार रुपैयामा जलाशय निर्माण गरिएको थियो । ३५ हेक्टर क्षेत्रफल रहेको बेलखोल्सीक्ष् क्षेत्रमा ३५ भन्दा बढि चित्तल सहित, दुम्सी, चितुवा, बाादर लगायतका जनावरहरुलाई पानी खानको लागि जलाशय निर्माण गरिहेको समूहका अध्यक्ष कृष्णप्रसाद बासुकलाले बताउनुभयो । यसो हुादा वन्यजन्तु संरक्षणमा हुने १३ वटा खोल्सी रहेको वन क्षेत्रको जलाशय क्षेत्रको पक्कड ७ हेक्टर क्षेत्रफल रहेको छ । यसको मुहानको संरक्षण गर्न सके बाह्रै महिना खानेपानीको समस्या नहुने बासुकला बताउनुहुन्छ ।
No comments:
Post a Comment