Pages

वनपं्राविधिकले विरुवा रोपे

हेटौंडा १४ श्रावण/ जुनियर वन प्राविधिक संघ नेपाल मकवानपुर शाखाले हेटौंडा रेञ्जपोष्ट, रातोमाटे परिसरमा शनिबार बृक्षारोपण गरेको छ । ..........
मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालयका क्षेत्रिय निर्देशक राजदेव प्रसाद यादवले विरुवा रोपेर कार्यक्रममको उद्घाटन गर्नुभयो । रोपिएको विरुवाको संरक्षणमा सबैको सक्रिय सहागिता रहेमा मात्र बृक्षारोपणको सकारात्मक सन्देश जाने क्षेत्रिय निर्देशक यादवले बताउनुभयो । कार्यक्रममा जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरासीयाले जनताको सहकार्यमा सम्पुर्ण वन क्षेत्र नै जोगाउन लागि पर्ने वनका सहकमीृहरुले आफ्नो आागनको विरुवालाई जोगाएर नमूना प्लटको रुपमा विकास गर्नुपर्ने धारण राख्नुभयो । जुनियर वन प्राविधिक संघ मकवानपुरका अध्यक्ष नारायण लामाले संघको अगुवाईमा गरिएको बृक्षारोपणमा सबैको ध्यान जाने भएकोले यसलाई संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । बालक, युवा, बृद्ध, महिला, वन मन्त्रालयका प्रतिनिधी, जुनियर वन प्राविधिक संघ, रेञ्जर संघ, वनका कर्मचारी, सामुदायिक वनका प्रतिनिधिहरुले तेजपत्ता, कपुर, धुपी, अमला, सतिसाल, बिजयसाल, सुगन्ध कोकीला, राजबृक्ष, बेल, क्यासिसिनो, म्याङ्गो स्टिक लगायत प्रजातिका ७ सय विरुवा रोपिएको थियो । बृक्षारोपण कार्यक्रममा क्षेत्रिय वन निर्देशक राजदेव प्रसाद यादव, जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरासिया, बाइसेप एसटिका क्षेत्रिय कार्यक्रम व्यवस्थापक डा. अखिलेश्वरलाल कर्ण, वन मन्त्रालयका डालनाथ आचार्य, विश्व काफ्ले, नेपाल निजामती कर्मचारी संगठन मकवानपुरका सचिव अच्युत उपाध्याय, बद्री कुमार कार्की, सहायक वन अधिकृतहरु जवाहरलाल प्रसाद कुर्मी, सरोज जम्मरकट्टेल, रेञ्जर संघका सचिव गोविन्द पौडेल, बेदखोल्सी सामुदायिक वनका अध्यक्ष कृष्णप्रसाद बासुकला, जुनिय वन प्राविधिक संघका सचिव तानबहादुर क्षेत्री लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सपापन संघका अध्यक्ष नारायणलामाले धन्यवाद ज्ञापन गर्दै सपामन गर्नुभएको थियो ।

No comments:

Post a Comment