हेटौंडा १४ श्रावण/ गाविस राष्ट्रिय महासंघ, नेपालले अनुकरणीय कार्य गर्ने देशभरका ३ गाविस तथा गा.वि.स. सचिवलाई पुरस्कृत गरेको छ । ...........
स्थानिय विकास मन्त्री माननीय उर्मिला अर्यालको प्रमुख आतिथ्यता, गा.वि.स. राष्ट्रिय महासंघ, नेपालका महासचिव श्री भिम प्रसाद ढुङ्गानाको सभापतित्व र कार्यकारी निर्देसक श्री परशुराम उपाध्यायले सञ्चालन गर्नु भएको उक्त कार्यक्रम आज दिनको ३ वजे समिट होटल कुपन्डोलमा भएको थियो । उक्त कार्यक्रममा मकवानपुर जिल्लामा रहेको श्रीपुरछतिवन गाविस लाई रु ५० हजार र गाविस सचिव शिवराम बोहरालाई रु दश हजार नगद सहित प्रथम पुरस्कार प्रदान गरीएको थियो भने पाल्पा जिल्लाको वराङ्गदी गाविसलाई रु ३५ हजार र गा.वि.स. सचिव लेखनाथ अर्याललाई रु ७ हजार ५ सय सहित दोश्रो तथा बााके जिल्लाको जैसपुर गा.वि.स. लाई रु २० हजार र गा.वि.स. सचिव दिपक पौडेललाई रु ५ हजार नगद सहित तेश्रो पुरस्कार प्रदान गरीएको थियो ।
No comments:
Post a Comment