Pages

राष्ट्रसंघिय मानव अधिकार उच्चायुक्तको कार्यालयबाट अनुगमन सुरु

बीरगंज ७ श्रावण/ संयुक्त राष्ट्र संघिय मानव अधिकार उच्चायुक्तको कार्यालयका अधिकारीहरुको एक टोलीले पर्सामा भएका मानव अधिकारको अवस्थाका सम्बन्धमा अनुगमन सुरु गरेको छ ।
बाँकी समाचार....... टोलीले वीरगन्जमा तिन दिनको बसाईको क्रममा राजनीतिक दल, प्रहरी, संचार संस्था, सरोकारवालासँग भेटी मानव अधिकारको बस्तु स्थितीको बारेमा जानकारी लिई रहेको छ ।  मानव अधिकार टोलीले सरोकरवालाहरु बिच भेटघाटको क्रममा प्रहरीद्वारा सबैभन्दा बढी मानव अधिकारको हनन भएको बताएका थिए । सरोकरवालाहरुले प्रहरीले बिना कारण ब्यक्तिलाई नियन्त्रणमा लीई गोली हानी हत्या गरेको, दलका नेता कार्यकर्ताहरुलाई प्रहरीले जानीजानी कुटपीट गरेको, संचारकर्मीहरुलाई दुब्र्यवहार गरेको, सर्वसधारणहरुलाई प्रहरीले आफनो अधिकार क्षेत्र बाहिर गई  कुटपिट गर्नका साथै बिनाकारण थुनछेक समेत गरेको टोलीलाई बताएका थिए । टोलीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएकाहरुको अवस्थाको पनि अवलोकन गरेको थियो । सयुंक्त राष्टसंघीय मानव अधिकार उच्च आयुक्तको कर्यालयका मानव अधिकार अधीकृत सुुुुनिल कुशवाहाको नेतृत्वमा टोली यहा आएको छ । 

No comments:

Post a Comment