बीरगंज ७ श्रावण/ नेपाल क्षयरोग निवारण सस्था पर्साले आज पर्साको विभिन्न गाविसहरुमा क्षयरोग बारे व्यापक प्रचारप्रसार गरी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । बाँकी समाचार.......
संस्थाले पर्साको झौवागुठी, अमरपटी र रामनगरीमा आज समुदायमा आधारित घरदैलो कार्यक्रम गरी क्षयरोग बारे प्रचार प्रसार गरी जनचेतना जगाउने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा शाखाका सचिव गंगा बहादुर थापा, कोषाध्यक्ष प्रमोद पौडेल, जिल्ला विकास समिती पर्साका भूपू सभापती शम्भु प्रसाद चौरसिया । मानवअधिकार तथा शान्ति समाजका सदस्य मदन पौडेल र प्रदिप ढुंगानाको सहभागिता रहेको टोलीले घरदैलो मार्फत क्षयरोग बारे जानकारी गराएका थिए ।
No comments:
Post a Comment