Pages

लागु औषध गाँजा बरामद

बीरगंज ७ श्रावण/ पर्सा प्रहरीले आज छापामारीको क्रममा ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । बाँकी समाचार.......
प्रहरी नायब उपरीक्षक रविन्द्र केसीका अनुसार, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बैरियावीर्ता ३ सिसियारी टोल निवासी चन्द्रीका यादवको घरमा छापा मारेर गाँजा बरामद गरेको हो । यादवको घरस्थित धानको भकारी भित्र लुकाई राखेको अवस्थामा १० किलोको ८५ वटा गाँजाको पोका बरामद भएको छ । बरामद गाँजाको कूल वजन आठ सय ५० किलो रहेको छ । साथै यादवको घरबाट दुई वटा गाँजा पोका बनाउने उपकरण समेत बरामद भएको छ । यादव भने फरार छन् । उनकै घर नजिकबाट बा १ च ९५८५ नम्बरको बोलेरो गाडी बेवारिशे अवस्थामा बरामद भएकाले उक्त गाडीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रनाउ केसीले बताए ।

No comments:

Post a Comment