बीरगंज १३ श्रावण/ शहरी गरिब सशक्ती करण समाज उप्सको आयोजनामा सामुदायिक विकासका लागि तीनदिने सहजीकरण तालिम आज वीरगंज उपमहानगरपालिकाको सभाकक्षमा सम्पन्न भएको छ । ..........
वीरगज उपमहानगरपालिका र लुमन्तीको सहयोगमा भएको सो तालिममा लुमन्ती कलैयाका सहजकर्ता र वीरगंजमा सामुदायिका करिब ३५ जनाको सहभागीतामा रहेको थियो । लुमन्ती कलैयाका फिल्ड संयोजक यज्ञराज कार्की, डा.दिपक शाक्य र बिजय डंगोलले तालिममा सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो । तालीम समापन कार्यक्रमका प्रमुख अतिथी वडा प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रकाश बिष्टले सहभागीहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो । शहरी गरिब सशक्ती करण समाज उप्सका अध्यक्ष साहेब हुसैनको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा वीरगंज उपमहनगरपालिकाको कार्यकारी अधिकृत शिवदत्त भट्टराई, लुमन्तीका फिल्ड संयोजक यज्ञराज कार्की, प्रतिज्ञा बैद्द, प्रभाकर चौरसिया, बिजय डंगोल, लगायतले तालिम प्राप्त गरिसकेपछि आ आफनो टोल समुदायिमा दायित्व निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
No comments:
Post a Comment