Pages

एसएम आइरन इन्डस्ट्रिजमा लुटपाट

बीरगंज १३ श्रावण/ पर्साको अलौ गाबिस वडा नम्बर ९ पदम रोड अवस्थीत श्रीराम अयल सेन्टर एसएम आइरन इन्डस्ट्रिजमा गएराती लुटपाट भएको छ । .......... 
मध्यरात पछि करिब २० जनाको समुहमा आएका लुटेराहरुले चौकी दार र आयल सेन्टरमा मालीकलाई नजिकैको एउटा निर्माणाधिन उधोग भित्र थुनेर ३५ हजार रुपैया नगद, कपडा, स्टेपलाइजर ३ वटा मोवाइल फोन सेट लुटेर लगीएको बताइएको छ । लुटेसमुहले श्रीराम आयल सेन्टरका मालिक बाबुलाल यादव, चौकीदार पुनदेव राउत र निर्माणाधिन एसएम आइरन इन्डस्ट्रिजका चौकीदार दलाश यादवलाई नियन्त्रणमा लिएर कोठा भित्र थुनेका थिए । लुटेका समुहले उधोगमा जडान हुन लागिएको ट्रानसफर्मर भित्रको तामाको तार झिकन प्रयास गरेपनि अल्मुनियम देखेपछि पानी तान्ने पम्प सेट लिएर हिंडेको एसएम आइरनका संचालक गम्भीराले बताउनु भएको छ । कोठा भित्र थुनिएकाहरु करिब २ घण्टाको प्रयासपछि ढोका फोडेर सुख्खा बन्दरगाह प्रहरी चौकीमा जानकारी गराउन पुगेका थिए ।

No comments:

Post a Comment