Pages

हेटौंडामापनि मनाईयो, गठेमंगल

बीरगंज १३ श्रावण/ घण्टाकर्ण अर्थात् गठेमंगल चतुर्दशी हेटौंडामापनि बिबिध कार्यक्रमगरि मनाइएको छ । बिहीबार सााझ नेवारी संघसंस्थाले संयुक्त रुपमा घण्टाकर्ण अर्थात् गठेमंगल मनाएका हुन् । .............
हेटौंडा १ कृष्ण मन्दिरबाट नेवारी धिमे बाजासहित शुरु भएको घण्टाकर्ण अर्थात् गठेमंगलको शबयात्रा हेटौंडानगरको परिक्रमा गर्दै राप्ती खोलामा पुर्‍याई समापन गरिएको थियो । गतबर्षहरुमा भन्दा यसबर्ष यस पर्बमा सहभागिता बढेको समेत बताईएको छ । त्यस्तै, पर्बको अबसरमा घण्टाकर्ण अर्थात् गठेमंगल तथा बार्षिक चार्डपर्ब सम्बन्धि अन्तरक्रिया आज हेटौंडामा भएको छ । कार्यक्रम नेवा: साास्कृतिक पुच: मकवानपुरले आयोजना गरेको हो । कार्यक्रम मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीको प्रमुख आतिथ्य तथा पुच:का जिल्ला अध्यक्ष योगेश्वर श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बक्ताहरुले घण्टाकर्ण अर्थात् गठेमंगल तथा नेवारी संस्कृतिको बारेमा धारणा ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेवा: साास्कृतिक पुच:का सल्लाहकार क्षितिराज बैद्य, नेपाल भाषा खल: मकवानपुरका उपाध्यक्ष नन्दरत्न स्थापित, साहित्यकार सूर्यमान रञ्जित लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । गठेमांगल अर्थात घन्टाकर्ण चतुर्दशी, बिशेष गरेर नेवार समुदायले मनाउाछन् । यसपर्वमा गठेमंगललाई छुवाएर औठी लगाउने चलन छ । दिनभरी ठड्याएको गठेमंगललाई घाम अस्ताएपछि टोलका मानिसहरुलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराई ढालेपछि त्यसैमा बसाई नदिमा लगेर बिर्सजन गर्ने परम्परा छ । टोलटोलमा नर्कटको गठेमंगल राखेर बटुवाहरुसंग घन्टाकर्णको कर अर्थात जाग्रात माग्ने प्रचलन छ । 

No comments:

Post a Comment