बीरगंज ११ श्रावण/ नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपसभापत्ति धु्रव साहको सभापतित्वमा आज बसेको कार्यसमितिको पदाधिकारीहरुको बैठकले उपसभापत्ति साहलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । .................
स्थानीय होटल सम्झनामा बसेको बैठकले भ्रष्टाचार तथा किर्ते जालसाजीको आरोप लागेका पर्सा शाखाका सभापति अशोक तिवारीमाथि गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक नहुन्जेलसम्मका लागि उपसभापति साहलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । पत्रकार महासंघको विद्यान अनुरुप अभियोग लागेका व्यक्तिमाथि गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक नहुन्जेल नैतिक आधारमा सो पदमा बस्न नमिल्ने बताइएको छ । निर्णयमा छानविन समितिद्वारा प्रतिवेदन सार्वजनिक नगरिए सम्मका लागि महासंघ पर्सा शाखाको कार्य सम्पादन गर्न कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी साहलाई दिइएको जनाइएको छ । जिल्ला विकास समिति पर्साले अनुदान स्वरुप प्रदान गरेको १ लाख ८५ हजार रकम हिनामिना गर्ने उद्देश्य अनुरुप अध्यक्ष तिवारी तथा सदस्य वृजलाल पासवानले संयुक्त रुपमा कार्यसमितिका पदाधिकारीहरुको किर्ते हस्ताक्षर तथा नक्कली बैठक निर्णयको उतार पेश गरी वीरगंजको माइस्थान स्थित रहेको सफल बचत तथा ऋण सहकारी संस्थामा गैर कानुनी रुपमा गोप्य खाता खोलेका थिए । उक्त रकमबाट रु ३० हजार रकम समेत निकालेको कुरा सार्वजनिक भए पश्चात अध्यक्ष तिवारी तथा सदस्य विरुद्ध पर्सा शाखाका बहुमत सदस्यहरुले केन्द्रिय कार्यसमितिमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा निजहरु विरुद्ध लागेको आरोपको वास्तविकता छानविनका लागि केन्द्रले केन्द्रिय सदस्य महेश दासको एकल संयोजकत्वमा छानविन समिति गठन गरेकोमा छानविन समितिले सो घटनाबारे अनुसन्धान गरी प्रतिवेदन केन्द्रिय कार्यालय कार्यसमितिलाई बुझाई सकेको अवस्थामा सो छानविन समितिको प्रतिवेदन सार्वजनिक नहुन्जेलसम्मका लागि आरोपी अध्यक्ष तिवारीको पदिय जिम्मेवारी कार्यवाहक अध्यक्ष धु्रव साहलाई दिने निर्णय कार्यसमितिका बहुमत सदस्यले गरेको छ ।

No comments:
Post a Comment