बीरगंज ११ श्रावण/ सिभिल बैंक लिमिटेडले आज देखि वीरगंजमा आफ्नो सेवा सुरु गरेको छ । ...............
बीरगंजमा बैंकको यो तेश्रो शाखा हो । शाखाको उद्घाटन बैंकका अध्यक्ष ईच्छाराज तामाङले रिबन काटी तथा पानसमा बत्ति बालेर गर्नु भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै तामाङले यो शाखा ब्यापारीक तथा औद्योगिक दृष्टिकोणबाट समेत अत्यन्त महत्वपूर्ण रहेको नगरमा ठूलो कडिको रुपमा स्थापना भएको बताउनु भयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले भारत तथा तेश्रो मुलुक संग कारोबार गर्ने आफ्ना ग्राहकहरुलाई भन्सारमा हुने कारोबार समेत सरलीकरण हुने बताउनु भयो । बैंकले अर्को शाखा यसै साता भित्र बिराटनगरमा तथा भदौ महिनामा थप छ वटा शाखा खोल्ने महर्जनले बताउनु भयो । उदघाटन कार्यक्रममा व्यापारी, बुद्धिसंग जोडिएका प्रतिनिधी, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment