काठमाडौ, ६ श्रावण/ पुर्नवहालीमा छानविन गर्नु पर्ने माग राख्दै एकीकृत नेकपा माओवादीको पार्टी मुख्यालय पेरिसडााडामा विगत ७२ घण्टादेखि आमरण अनसन बसिरहेका द्धन्द्ध पीडित सेना प्रहरीको माग पुरा गराउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । बाँकी समाचार.........
आमरण अनसन बसिरहेका द्धन्द्ध पीडित सेना प्रहरीका अनसनकारीहरुसाग भेटेर माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले द्धन्द्ध पीडित सेना प्रहरीको माग जायज भएको भन्दै सरकारले माग पुरा गर्नुपर्ने बताए । उनले पार्टीको तर्फबाट आफूहरुले माग पुरा गराउन लिखित पत्र दिने जानकारी दिदै सरकारलाई पनि माग पुरा गराउन दवाव दिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उनले सरकारलाई गंभिर हुन आग्रह गर्दै अनसनकारीहरुलाई सिहदरवार भित्रको गृहमन्त्रालय अघि अनसन बस्न सुझाव दिनुभयो । सोक्रममा भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले द्धन्द्ध पीडित सेना प्रहरीको माग पुराउन आफूले कुनै कसुर बााकी नराख्ने प्रतिबद्धता ब्यक्तगर्दै आउादो मन्त्री परिषदको बैठकमा आफूले एजेण्डा लैजाने बताए । स्वास्थ्यमन्त्री शक्ति बस्नेत र स्थायी कमिटि सदस्य बर्षामान पुन अनन्तले पनि अनसनकारीहरुलाई भेटेर माग पुरा गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । द्धन्द्ध पीडित सेना प्रहरी संयूक्त संघर्ष समितिका तर्फबाट सन्तप्रसाद संग्रौला, सोमराज गौतम, विकाउ साह, देबप्रसाद डोटेल, राजकुमार कामती र बाबुराम परियार आमरण अनसनमा बसेका छन ।
No comments:
Post a Comment