Pages

मोटरसाईकल दुर्घटना एकको मृत्यु, दूई घाईते

आरके पटेल 
वीरगंज ५ श्रावण/  आज राती ८ बजे पर्साको लालपसा गाउ नजिक मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । बाँकी समाचार.........
ना ३ प ८०५१ नम्बरको मोटरसाइकल सुक्खा बन्दरगाह परवानीपुर सडकखण्डमा दुर्घटना भएको हो । परवानीपुरबाट डाइृपोट तर्फ आईरहेको मोटरसाईकल दुर्घटनापरी मोटरसाइकल चालक पर्सा मनियारी गाविस वडानम्बर ९ जगरनाथपुर का २५ वर्षीय रेयाज खानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तिव्र गतिमा रहेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले बताएको छ । प्रदलयात्री स्थानीय भरत राउत अहिर र मोटरसाइकलको पछाडि बसेका पर्सा जगरनाथपुर गाविस वडानम्बर ५ का जाकिर मियाँको अचेत अवस्थामा उपचार भईरहेको छ । उनीहरुको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । प्रत्यदर्शीले दिएको जनकारी अनुसार परवानीपुरबाट आईरहेको टक लाई ओभरटेक गरी आउदै गरेको मोटसाईकले आफनो साईडमा जान खोज्दा नजिकै रहेका भैसीलाई बचाउन क्रममा खानले चलाएको मोटरसाईकल अनियत्रीत भई दुघटर्ना भएको बताएका छन । रातीको समय तथा मोटरसाईकलमा लाईट कमजोर भएको कारण उनले भैसीलाई देखन नसक्दा सिधै भैसीलाई ठोकेका थिए । भैसी साहु अहिर नजिकै रहेको कारण उनको टाउको एवम खुटाका गम्भिर चोट लागेको छ । मोटरसाईकलमा सवार मियाको टाउकामा चोट लागेको छ । उनलाई बिरगजम उपचार हुन नसक्ने नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजले जनाएको छ । थप उपचारका लगी अन्यत्र सलाह डाकटरहरुले दिएको बताएको छ ।

No comments:

Post a Comment