Pages

नेपाल आईडल प्रतियोगिता हुने















काठमाडौ, ५ श्रावण/ सांगितिक प्रतियोगिताहरुको भिडमा नेपालको अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार रासी भएको अर्को प्रतियोगिता नेपाल आईडल आयोजना हुने भएको छ । बाँकी समाचार.........
सरगम संगित विद्यालय, आमा फिल्मस प्राली, कल्चर कटेज प्राली र नेपाली संगित संरक्षण तथा प्रवर्दक समूहले आगामि असोजबाट सुरु गर्न लागेको सो सांगितिक प्रतियोगिता अन्र्तगत ७५ वटै जिल्लामा अडिसन गरेर प्रतियोगिहरु छनौट गरिने छ । आयोजकले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलको आयोजना गरेर सो कुराको जानकारी दिएका हुन । अडिसनबाट छानिएकालाई काठमाडौ ल्याएर प्रशिक्षण सहित आगामि चैत्रबाट प्रतिष्पर्घा गराईने छ । प्रतियोगितामा प्रथम अर्थात आईडल टाईटल विजेतालाई एउटा मोटर साईकल, एकलाख रुपैया नगद र पााच लाख रुपैयाको संगितिक सम्झौता, द्धितिय हुनेलाई ५० हजार रुपैया नगद र तृतिय हुनेलाई पच्चिस हजार नगद पुरस्कार दिईने छ । त्यसैगरी उत्कृष्ट १० प्रतियोगीहरुसाग संयूक्त रुपमा ६ लाख रुपैयाको संगितिक सम्झौता गरिने छ । प्रतियोगिता भर अडिसन राउण्डदेखि मुल प्रतियोगितासम्म  संगितकार मणीकमल क्षेत्रीले निर्णायकको रुपमा भूमिका निर्वाह गर्नु हुने छ भने गायक राजेश पायल राई, संगितकार भुपेन्द्र रायमाझी सहितका अन्य चर्चित गायक र संगितकारहरुले पालै पालो निर्णायकको भूमिका निर्वाह गर्नु हुने छ । आयोजक समितिका अध्यक्ष ओम प्रकास राईले अडिसन राउण्डमा स्थानीय गायक वा संगितकारलाई पनि अथिति निर्णायकको रुपमा सहभागी गराईने जानकारी दिनुभयो । नेपाल टेलिभिजन प्लसबाट प्रशारित गरिने सो प्रतियोगिता अडिसनदेखि मुल प्रतियोगिता सम्पन्न हुन ११ महिना लाग्ने अध्यक्ष राईले बताउनुभयो । नेपाल आईडल आयोजना हुने जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका सल्लाहकार एवम गायक राजेश पायल राईले बृहद रुपमा आयोजना गर्न लागिएको नेपाल आईडल प्रतियोगिता आयोजना चुनौति पूर्ण भए पनि यसलाई सबैसाग समन्वय गर्दै राम्रो प्रतिभा र उत्कृष्ट प्रतियोगिता छनौट गर्ने गरी आयोजना गर्नु पर्ने सुझाव दिनुभयो । अर्का सल्लाहकार एवम रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपालका गााउ गााउमा लुकेर बसेका प्रतिभाकोलागी उत्कृष्ट फोरम नेपाल आईडल बन्न सक्ने भन्दै प्रतियोगितालाई नमुना बनाउन आयोजकलाई सुझाव दिनुभयो । उहाले सन्चारमाध्यमलाई समेत राजनीतिक विषयबाट बाहिर आएर कला संस्कृतिको संरक्षणलाई महत्व दिन आग्रह गर्नुभयो । पत्रकारसम्मेलनमा सोही संस्थाले आयोजना गरेको पूर्वान्चल आईडलका विजेता सन्जय तुम्लुङ लिम्बुले नेपाल आईडलले उत्कृष्ट प्रतिभालाई सांगितिक क्षेत्रमा धेरै अगाडि बढ्न मार्ग प्रसस्त गर्ने अनुभव सुनाए । सो अवसरमा असोक राई, यूवा संगितकार विकास चौधरी, संगितकार गणेश भण्डारी, विनोद खुम्बु लगायतकाले प्रतियोगितालाई सुभकामना दिएका थिए ।

No comments:

Post a Comment