Pages

तीन महिने सिलाई कटाई तालीम सम्पन्न















 वीरगंज ३१ असार/ एकता महिला बचत तथा ऋण सहकारी संस्था वीरगंजले आयोजना गरेको तीन महिने सिलाई कटाई तालिमको समापन तथा प्रमाण पत्र विरतण एक कार्यक्रम विच आज समापन गरिएको छ । बाँकी समाचार........


तालिमको समापन कार्यक्रमका बोल्दै प्रमुख अतिथी वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत शिवदत्त भटराईले तालिममा सिकेको कुराहरुलाई व्यवसायमा परिणत गरी आयआर्जन तर्फ उन्मुख हुन आग्रह गर्नुभयो । उहाले ०६८/०६९ को लागि महिला सशक्तीकरण विकासको लागि ८५ लाख निकासा गरिने बताउदै महिलाहरुको विकासको लागि थप ५ महिने एडभान्स कोर्स संचालन गर्न समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । लुमन्तीले गठन गरेको १७ सामुदाय बाहेक अन्य १३ सामुदायहरुको सुदृढीकरण तथा विकासको लागि अगाडी बढनु पर्नेमा उहाले जोड दिदै कार्यक्रममा सहभागि भएकाहरुलाई प्रमाण पत्र समेत प्रदान गर्नुभयो । सहकारी संस्थाकी अध्यक्ष मोमिला खातुनको  सभातीत्वमा सम्पन्न भएको सो कार्यक्रममा उप्सका संयोजक अब्दुल कैश लुमन्तीका फिल्ड संयोजक यज्ञराज कार्की लगायतले तालिममा सिकेका कुराहरुलाई व्यवसायमा परिणत गरे मात्र तालिममो उपलब्धी हुने बताउनु बताएका छन । लुमन्तीको संयोजकत्व तथा वीरगंज उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको तीन महिने तालिममा करिब १० जना महिलाहरु सहभागि रहेका थिए । सहभागिहरुलाई प्रशिक्षक विन्दीरा श्रेष्ठले सिलाई तथा कढाई सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

No comments:

Post a Comment