वीरगंज ३१ असार/ प्रतिबन्धीत लागु औषध टिटी ईन्जेक्सन सहित पक्राउ परेका नामटार ७ मकवानपुरका राम बहादुर सत्याललाई पर्सा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बाँकी समाचार........
गएराती गण्डक प्रहरी चेकपोष्टले चेकजाच गर्ने क्रममा भारतको रक्सौलबाट खरीद गरी ना १ ख ६५२० नम्बरको तेल ट्यान्करको छतमुनी लुकाई राखेको अवस्थामा डाईजोपाम १२ सय थान र नर्फिन ईन्जेक्शन १२ सय थान सहित चालक सत्याललाई पक्राउ गरेको हो । पक्राउ परेका सत्याललाई थप अनुसन्धान गरीरहेको पर्सा जिल्लाका निमित प्रहरी उपरिक्षक रविन्द्र केसीले बताउनु भयो ।
No comments:
Post a Comment