प्रबेशीका परिक्षामा हवारी समुदायबाट उर्तीण २० जना छात्रछात्रा सम्मानीत
बीरगंज ३२ असार/ नेपाल हवारी (धोबी) कल्याण समितीले आज बीरगंज गहवा स्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालयमा आयोजना गरेको सम्मान कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ । बाँकी समाचार.........
कार्यक्रमका प्रमुख अतिथी एकिकृत नेकपा माओवादीका सभासद इस्लाम हवारीले प्रबेशीका परिक्षामा हवारी समुदायबाट उर्तीण २० जना छात्रछात्रालाई प्रमाण पत्र तथा पुरस्कार बितरण गर्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथी हवारीले समाज र जाती बिकाशका लागि शिक्षा नेपालको आधार भएकाले हरेक बालबालीकालाई उचित शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा यस बर्षको प्रबेशीका परिक्षामा हवारी समुदायबाट उर्तीण २० जना छात्रछात्रालाई सम्मान गरिएको छ । हवारी समुदायबाट उच्च बिशिष्ट श्रेणीमा उर्तीण मनवर हवारी, प्रथम श्रेणीमा उर्तीण छात्रा हस्रत प्रबिण, समिमा खातुन लगायतलाई सम्मानीत गरिएको हो । नेपाल हवारी (धोबी) कल्याण समिती पर्साका अध्यक्ष जुम्मादिन शेख हवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अध्यक्ष फुलमहमद मियाँ, ठाकुराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कुर्वान हवारी लगायतको सहभागीता रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment