Pages

महजीदको स्थलगत निरिक्षण

बीरगंज ९ श्रावण/ जिल्लाको मुस्लिमहरुको अवस्था र महजीद तथा मदर्साको अवस्थाको अनुगमन गर्न शिक्षा शास्त्री समाज काठमाडौ र नेपाल स्थित अमेरिकन दुताबासको संयुक्त टोलि बारा जिल्लाका छुटाछुटै स्थानमा रहेको दुई मदर्साको अनुगमन तथा त्यसमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । बाँकी समाचार........
मुस्लिम समुदायको अवस्थालाई बाहिर ल्याउाने र अमेरिकासंगको सुमधुर सम्बन्ध कायम राख्ने उदेश्यले यस्तो अनुगमन गर्नुपरेको शिक्षा शास्त्री समाजका प्रतिनिधि आमोद भट्टराईले बताउनु भयो । मदर्सा सल्फिया कन्जुलुलुम रंगपुर स्थलगत निरिक्षण गर्दै आयोजित भेलालाई सम्बोधन गर्दै नेपाल स्थित अमेरिकी प्रतिनिधि फिलमार्क डफले मुस्लिहरु आतंकारी नभई आफुलाई मुस्लिम भन्नु गलत भएको टिपणी गर्नुभयो । जिल्लामा मुस्लिमहरुले भोगिरहेको दुखदायी अवस्था र मदर्साहरुको जिर्ण अवस्था एवं भौतिक पुर्वाधारहरुको लागि अमेरिका सरकारले थप सहयोग गर्ने बताउनुभयो । सोहि अवसरमा मदर्सामा अध्ययनरत चार सय ३६ जना बालबालिकाहरुलाई करिब दुई लाखको शैक्षिक समाग्री बितरण समेत गर्नुभयो । कार्यक्रममा कुलरनर्सिङ्ग श्रेष्ठ, सजन कर्ण, कर्मुल्लाह मियाा अंसारी, सानिया मन्सुर, सगिर ठकुराई मुन्ना अलि, मन्जुर आलम, तैयब अंसारी, अब्दुल रहमान लगायतकाले मदर्साका बारेमा बोल्नुभयो । साथै आजै टोलिले सिम्रौनगढ स्थित रहेका मदर्साको समेत स्थलगत निरिक्षण गरिएको बताईएको छ ।

No comments:

Post a Comment