काठमाडौ, ९ श्रावण/ त्रिभुवन विश्व विद्यालय चिकित्सा अध्ययन संस्थान डिन कार्यालयले गैरकानूनी रुपमा निर्णय गर्दा त्यहा अध्ययनरत चिकित्सक विद्याथीहरु पीडित बन्न पुगेका छन् । बाँकी समाचार..........
डिन कार्यालयले परिक्षाको विचमै र परिक्षाको नतिजा आउने बेलामा आएर कसैलाई जानकारी नदिई विदाको दिन रातारात गोप्य रुपमा निर्णय गरिदिदा विद्यार्थीहरु पिडीत बन्न पुगेका हुन । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलनको आयोजना गरेर पीडित चिकित्सक डा ऋजुता जोसीले टिचिङको डिन कार्यालयले जिल्लामा गएर काम गरेका चिकित्सकलाई प्रर्वदन गर्ने उद्देश्यले राखिएको छात्रबृत्तिको सरकारी कोटामा काठमाडौका पोलिक्लिनिक, नसिङ होमका चिकित्सकहरुलाई कोटा दिने निर्णय गरेको, पोष्ट ग्राजुएज परिक्षा सकेर नतिजा प्रकासित भईसकेपछि एडमिसन सुल्क अकस्मात ११ लाख बाट १८ लाख रुपैया पुर्याएको, छात्रबृत्तिको कोटालाई घटाएर भूक्तानी लिने कोटा बढाएको, प्रतिक्षा सूचिमा रहने ब्यवस्था विना गृहकार्य हटाईएको र विद्यार्थी भर्ना नहुन्जेल अर्को विषय खाली हुदा तेस्रो पटक आवेदन दिन पाउने ब्यवस्था अचानक खारेज गरेको कारण आफूहरु पिडीत हुनु परेको दावी गरिन । प्रसुति विशेषज्ञ अध्ययन गर्ने योजनामा रहेकी डा जोसी तेस्रो पटक आवेदन दिने तयारीमा रहेको बेला अचानक आफ्नो मान्छेलाई सो अवसर दिने योजनामा डिन कार्यालयले तेस्रो पटक निवेदन दिन नपाउने निर्णय रातारात अबैध रुपमा गरेकोले आफूहरु पिडित बन्न पुगेको पत्रकार सम्मेलनमा गुनासो गरेका थिए । उनीहरुले डिन कार्यालयको अबैद्य क्रियाकलापको विषयमा आफूहरु सर्वोच्च अदालत जाने तयारीमा रहेको समेत स्प्ष्ट पारेका थिए ।

No comments:
Post a Comment