Pages

गोल्ड स्टार बीरगंज बिजयी

– खेल खबर
बीरगंज ९ श्रावण/ बाराको भलुहीभरवलीयामा आयोजित टि–२० क्रिकेट प्रतियोगिताको आज भएको फाईनल खेलमा गोल्ड स्टार क्रिकेट टिम वीरगंज–११ बिजयी भएको छ । बाँकी समाचार........ निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई गोल्ड स्टारले एक सय ८६ रन ल्याएर बिजयी हात पारेको हो । यस्तै नारायणी यातायात व्यावसायी संघ वीरगंज–१० ले २० ओभरको खेलमा १९ ओभर तीन वलमै सबै बिकेट गुमाएर एक सय ८० रनमात्र बनाउान सफल भएको हो । यस्तै गोल्ड स्टारका खेलाडी राज खडगीले ७६ रन ल्याएर म्यान अफ दि म्याच तथा म्यान अफ दि सिरिज घोषित भएका छन् । बिजयी टिम तथा खेलाडीहरुलाई नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा सभासद रामचन्द्र प्यासी, नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष जफरुल हवारी, सचिव किशोरी पटेल, समाजसेवी जगरनाथ पाण्डे र सुभनारायण साहले पुरस्कार, प्रमाणपत्र तथा सिल्ड बितरण गर्नुभएको स्थानीय प्रेम साहले बताउनुभयो ।

No comments:

Post a Comment