बारा १४ श्रावण/ जवरजस्ति करणी गरेको आरोपमा बाराको डुमरवाना गविस ७ स्थित टागियावस्तिका बासिन्दाले वीरगंज उपमहानगरपालिका ५ बस्ने ३५ बर्षिय संजय श्रेष्ठलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाइएको बताइएको छ । ............
घरमा एक्लै रहेको मौका छोपेर स्थानीय एक १३ बर्षिय दलित बालिकालाई जवरजस्ति करणी प्रयास गरेपछि गाउलेले समातेर श्रेष्ठलाई प्रहरीको जिम्मा लगाएका हुन । बालिकाको छिमेकी आफन्तसंग भेटन भनेर वस्तिमा सोही दिन वस्तिमा आएका श्रेष्ठले बालिकालाई घरभित्र लगेर करणी प्रयास गरेको बताइएको छ । बालिकाले हल्ला गरेर हारगुहार मागेपछि भेला भएका स्थानीयबासिन्दाले श्रेष्ठलाई समातेर प्रहरीको जिम्मा लगाएको सुमन थोकरले जानकारी दिए ।
No comments:
Post a Comment