वीरगंज, १४ श्रावण/ मध्यमाञ्चल राजस्व कार्यालय पथलैयाले आज वीरगंजको आदर्शनगर स्थित रहेका पांच वटा व्यापारीक फर्महरुमा छापामारी गरेको बताइएको छ । ............
उक्त फर्महरुले तस्करी गरी सामान भित्र्याई राजश्व छली गरिरहेको सुराकीका आधारमा सो छापामारी गरिएको राजश्व कार्यालय पथलैयाका प्रमुख महेन्द्र बानियाले बताउनु भयो । वीरगंजको हनुमान अग्रवाल, बसन्त भख्डले साझेदारीमा चलाएको आर.बी. इम्पेक्स हिरानन्द अग्रवालको चावसती स्टोर तथा नवदुर्गा ट्ेरड लिंक, न्यु स्वास्तिक ट्रेड लिंक, दास इन्टरप्राइजेज फर्ममा एकै समय सो छापामारी गरिएको थियो । सशस्त्र प्रहरी, जनपत प्रहरी तथा ट्राफिक प्रहरीको सहयोग लिई आदर्शनगर कैलाश चोकदेखि घडिअर्वा चोकसम्म नाकाबन्दी गरी छापामारी गरिएकोमा सो छापामारीका वखत व्यापारीहरु बीच डर त्रास एवं कोलाहाल (रुने कराउने) बातावरण देखिएको थियो । सो वखत छापामारी गरिएका पसलको वरपर रहेका अन्य पसलहरु समेत व्यापारीहरुले बन्द गरि भागेको दृष्य देखियो । सम्भवत यस प्रकारको छापामारी वीरगंजमा पहिलो पटक गरिएको छ । छापामारीका दौरान राजस्व कार्यालय पथलैयाका टोलीले सम्पूर्ण फर्महरुको गोदाम तथा पसलमा रहेका एक एक समानको तथ्याङ्क लिएका छन् । सोही तथ्याङ्क अनुसार उल्लेखित फर्मका संचालकहरुलाई सात दिन तथा पन्ध्र दिनको समय दिई उक्त समयभित्र आ आफ्नो खाता रजिष्टर विल भौचर लगायतका कागजात पेश गर्न भनिएको राजस्व कार्यालय प्रमुख बानियाले बताउनु भयो । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानीद्वारा नवदुर्गा ट्ेरड लिंक फर्म चेक जांच गर्दा रोहबर स्वरुप प्रतिवेदनमा हस्ताक्षर गराएको राजस्व टोलीले अन्य फर्महरुमा चेक गर्दा उद्योग वाणिज्य संघका सचिव दिपक टिवडेवालको उपस्थिति हस्ताक्षर गराएको थियो ।

No comments:
Post a Comment