Pages

खोलाबाट गिटीढुङ्गा निकाल्न बन्देज

बारा १४ श्रावण/ वन कार्यालयले जिल्लाको वन क्षेत्रमा पर्ने खोलाको बगरबाट ढुङ्गा, गिटी र बालुवा निकाल्न शनिवारदेखि रोक लगाएको छ । .............
कार्यालयको सुचना अटेर गरी ढुङ्गा गिटी निकाल्ने ७ वटा ट्याक्टर र चालकलाई वन कर्मचारीले नियन्त्रणमा लिएका छन । कार्यालयले शुक्रवार सार्वजनिक सुचना गरेर खोलाको बगरबाट नदी जन्य पदार्थ निकाल्न रोक लगाएको हो ।  वन मन्त्रालयले परिपत्र गरेपछि कार्यालयले जिल्लाको बकैया, धन्सार, पसाहा, बालगंगा र दुधौरा खोलाको बगरबाट ढुङ्गा, गिटी र बालुवा निकाल्न बन्देज गरेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत दिर्घराज कोइरालाले बताउनुभयो । बगरबाट अनियन्त्रित रुपमा अत्याधिक ढुङ्गा गिटी निकाल्न थालेपछि चुरे क्षेत्रमा बढेको भुक्षय नियन्त्रणकोलागि रोक लगाउनु परेको कोइरालाले बताउनुभयो । मन्त्रालयले ढुङ्गा गिटी निकाल्ने कार्यमा बन्देज लगाउन श्रावण ३ गते परिपत्र गरेर कार्यालयलाई निर्देशन दिएको थियो । यसअघि जिल्लाको वन क्षेत्रमा पर्ने खोलाको बगरबाट दैनिक २ सय भन्दा बढी ट्याक्टर र ट्कले ढुङ्गा गिटी निकाल्ने गर्दै आएको वन कार्यालले जानकारी दिएको छ । बगरबाट जथाभावी ढुङ्गा, गिटी र बालुवा निकालिएका कारण खोलाको सतह गहिरिएर चुरे क्षेत्रमा उत्पन्न भुस्खलनका कारण जिल्लाका दुई दर्जन भन्दा बढी गाविसमा बाढी पहिरोको समस्या उत्पन्न हुदै आएको थियो ।

No comments:

Post a Comment