नया दिल्ली, ९ श्रावण/ भारतीय प्रभावशाली नेताहरुले नेपालमा जारी शान्ति प्रक्रिया निष्कर्समा नपुगेका कारण दलहरुवीच विश्वासको संकट पैदा भएको भन्दै छिटो सहमतिमा शान्ति प्रक्रियालाई निश्कर्समा पुर्याउन आग्रह गरेका छन् । बाँकी समाचार..........
रिपोर्टर्स क्लब नेपालले आगामि भदौमा काठमाडौमा आयोजना गर्न लागेको नेपाल भारत सम्बन्ध विषय अन्र्तराष्ट्रिय गोष्ठिकोलागी भारतीय नेताहरुलाई निम्तो दिन नयाा दिल्लीमा रहेका क्लबका अध्यक्ष ऋषि धमलासागको कुराकानीमा भारतीय नेताहरुले त्यस्तो आग्रह गरेका हुन । जनता दल यूनाईटेडका अध्यक्ष शरद यादवले लडाकु समायोजनको प्रक्रिया अगाडि बढ्न नसक्दा प्रमुख दलवीच विश्वासको खाडल बढेको भन्दै माओवादीलाई तत्काल शान्ति प्रक्रियाको सम्बन्धमा आमुल परिवर्तन हुने गरी निर्णय लिन आग्रह गरे । उनले नेपालमा प्रमुख दलहरु मिलेर सक्रमणकाल अन्त्य नगरे भारतसमेत प्रभावित हुने भन्दै तीन प्रमुख दललाई मिलेर अगाडि बढ्न सुझाव दिए । उनले काग्रेस सभापति सुशिल कोइरालासाग भएको भेटमा पनि माओवादीप्रति आशंका ब्यक्त गरेको जानकारी दिए । राष्ट्रिय जनता दलका अध्यक्ष लालु प्रसाद यादवले नेपालको जारी शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान निर्माण प्रक्रियालाई आफूले नजिकबाट नियालिरहेको भन्दै शान्ति प्रक्रिया अगाडि नबढ्दा नेपालमा राजनीतिक अविश्वास बढेको बताए । उनले विहार र नेपालका वीच रोटी बेटीको सम्बन्ध रहेको भन्दै नेपालमा राजनीतिक स्थायीत्व, विकास भएको आफूले हेर्न चाहेको बताए । उनले नेपालमा राजनीतिक स्थायीत्व भए नेपालको विकासमा जस्तो सुकै सहयोग गर्न भारत तयार रहेको बताए । भारतीय जनतादल का उपाध्यक्ष भगतसिह कोसियारीले थपिएको समयमा शान्ति र संविधान निर्माणको कार्यपुरा नभए ठूलो दुर्घटना हुने तर्फ सचेत गराउदै दलहरुलाई मिलेर समयमै जिम्मेवारी पुरा गर्न सुझाव दिए । उनले समयमा सहमति नगरे नेपालको भविष्य राम्रो नभएको भन्दै नेपालमा हुने सबै खाले परिवर्तनको निर्णय नेपाली दल र जनताले नै गर्नु पर्ने बताए । उनले नेपालमा अधिकांश हिन्दु धर्मावलम्बि भएकोले हिन्दु राष्ट्र पुर्न बहाली गरिए उपयूक्त हुने तर्क गरे ।
No comments:
Post a Comment