बीरगंज ९ श्रावण/ पाँच बर्षदेखि संचालित पोषण पुर्नस्थापना गृहलाई विद्यार्थी जागरण मंच पर्साले आज अस्पताल व्यवस्थापनलाई विधिवत रुपमा हस्तान्तरण गरेको छ । बाँकी समाचार..........
वीरगंजको नारायणी उपक्षेत्रिय अस्पतालमा आयोजित कार्यक्रममा समारोहमा विजामका अध्यक्ष महेश अर्याल, नेयुफाकी प्रतिनिधि मनिषा भट्टराईले अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिललाई गृहको कागजात हस्तान्तरण गरेका थिए । जिल्लामा रहेका सुकेनाश र फुकेनाश (कुपोषित) बालबालिकालाई पोषित बालबालिका बनाउने अभिप्रायले सन् २००६ मा नेपाल युथ फाउन्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा बिजाम तथा नारायणी उपक्षेत्रिय अस्पतालको संयुक्त प्रयासमा उक्त पोषण गृह संचालनमा आएको हो । समारोहमा प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, अस्पतालका मेसु डा मुकेश चौरसिया, अस्तपालको बालबिभागका प्रमुख चिकित्सक डा श्यामसुन्दर दास लगायतकाले पुर्नस्थापना गृहको सफलताको कामना गर्दै आ आफ्नो क्षेत्रबाट यसको व्यवस्थित संचालनमा सक्दो प्रयास गर्ने बचनबद्धता जाहेर गरेका थिए । एक हजार दुई सय ४२ ओपिडीबाट आएका र सात सय ९१ गृहमा रहेका आमाहरुलाई गृहले पोषण शिक्षा दिएको छ । उक्त गृह ७५ लाख रुपैयाको लागतमा स्थापना तथा संचालन भएको छ । त्यसैगरि १० शैया क्षमताको उक्त पोषण पुर्नस्थापनामा कुपोषित बालबालिका र उनीहरुका आमालाई नि:शुल्क बस्ने सुविधा दिने गरिएको छ ।

No comments:
Post a Comment