काठमाडौं ८ साउन। माओवादीले पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशलाई उपप्रधान तथा गृहमन्त्रीसहित पार्टीको नेतृत्व गर्ने गरी सरकारमा पठाउने निर्णय गरेको छ । तर, ज्योतिषीले भने प्रकाश गृहमन्त्री हुन नसक्ने र भइहाले पनि नफाप्ने बताएका छन् ।
श्रेष्ठका एकजना आफन्त हालै उनको चिना बोकेर एकजना ज्योतिष कहाँ पुगेका थिए । ज्योतिषीले निकै ध्यानपुर्वक उनको चिना हेरे । ओल्टाई पल्टाई निकै घोत्लिएर हेर्दा समेत उनको चिनामा गृहमन्त्रीको योग देखिएन । लौ श्रेष्ठ गृहमन्त्री चाहिं हुन गाह्रै छ भनेर ज्योतिषीले खाली हात पठाईदिए । आफन्तको मुखबाट ज्योतिषीको कुरा सुनेपछि श्रेष्ठ केही निराश थिए । पछिल्लोपटक कम्युनिष्ट त्यसमा पनि माओवादी नेताहरुमा धर्मकर्म र चिनाटिपनमा हृवात्तै आशक्ति बढेको छ । सरकार परिवर्तन हुने बेला त झन् नेताहरु ज्योतिष कहाँ पुगेर हात र चिना हेराउँछन् । कालिबाबा, पाइलटबाबा हुँदै पछिल्लो समयमा नेताहरु देशभित्रैका ज्योतिष कहाँ पनि धाउने गरेका छन् । ‘पूर्व राजा र काँग्रेस नेताहरु मात्र होइन, कम्युनिष्ट नेताहरु समेत भविष्य हेर्न भन्दै हामीकहाँ आउँछन्’ एकजना ज्योतिषीले अनलाइनखबरसँग भने(’माओवादीका प्रायः सबै शीर्ष नेताहरु मकहाँ आएका छन् । नेताहरुले मुख्यतः आफ्नो राजनीतिक भविष्यको बारेमा ज्योतिषीसँग चासो राख्ने गरेका छन् । ‘आफू पार्टीको शीर्ष पद र सत्तामा कहिले र केकसरी पुग्न सकिन्छ भनेर उनीहरुले बढी चासो राख्छन्’ ती ज्योतिषीले बताए । आफ्नो राजनीतिक भविष्यको बारेमा हात हेराउने नेताहरुले शान्ति र संविधानको बारेमा भने कुनै जिज्ञासा नराख्ने पनि उनको भनाई छ ।

No comments:
Post a Comment