Pages

प्रचण्ड र भट्टराईमा उत्तिकै मोह

काठमाडौं ८ साउन।  माओवादी नेताहरु धर्मकर्म र चिनाटिपनमा विश्वास गर्दैनन् भनेपनि वास्तवमा यो सत्य होईन ।
प्रधानमन्त्री हुनुअघि प्रचण्डले सुनसरीको चतरामा पुगेर ग्रहशान्ति गरेको विषय ऊबेला निकै चर्चित भयो । केही पण्डित र योगीहरुको सल्लाहमा उहाँले ग्रह शान्तिको लागि भन्दै भैंसी पूजा गर्नुभएको थियो । यस्तै केही दिन पहिले मात्रै बंगलामुखीमा प्रचण्डको ग्रहशान्ति गरिएको थियो । प्रधानमन्त्री बन्ने प्रतिष्पर्धामा प्रचण्ड परिवारले गुप्त रुपमा शक्तिपीठहरुको पूजा लगाएको दिग्दर्पण नामक मासिक पत्रिकामा उल्लेख छ । माओवादीका अर्का नेता बाबुराम भट्टराईलाई पनि एकपटक आमाको साथमा मनकामना मन्दिरमा सञ्चारकर्मीले भेटेका थिए । प्रधानमन्त्री हुने पालो पर्खेर बसेका उनी पनि चिनाटिपन देखाउने सुरमा रहेको स्रोतको भनाई छ ।

No comments:

Post a Comment