Pages

राजन मुक्ति समूहका ४ कार्यकर्ता पक्राउ

सिराहा ८ साउन।  बम विष्फोटन घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहाको लाहानबाट गएराति सशस्त्र भूमिगत जनतान्त्रिक तराई मुक्तिमोर्चा ९राजन मुक्ति० समूहका चार कार्यकर्तालाई पक्राउ गरेको छ । ............
पक्राउ पर्नेहरुमा धनुषा लक्कड(८ का २४ वर्षीय मुक्ति भन्ने बुलन यादव, महोत्तरी लक्ष्मीनिया(५ का २० वर्षीय सरोजकुमार महतो, सप्तरी रामपुर मल्लहनिया(८ का २४ वर्षीय सन्तोषकुमार मण्डल र सिरहाको लहान(७ का २५ वर्षीय सोनी भन्ने मो मजरुल हक छन् । उनीहरुले गत ४ वैशाखमा सगरमाथा यातायात व्यवस्था कार्यालय लहान र ३१ असारमा जिल्ला विकास समितिको कार्यालय लाहानमा विष्फोट गराएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment