Pages

कर्मचारी कुटपिटको विरोधमा दुईघण्टा अस्पताल बन्द

चितवन ८ साउन।  सहकर्मी कुटपिटको विरोधमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका कर्मचारीले आज दुईघण्टा कामकाज ठप्प पारेका छन्।
अस्पतालका लेखा अधिकृत पिताम्बर उपाध्यायमाथि आइतबार साँझ कार्यालयको काम सकेर घर र्फकँदै गर्दा अज्ञात समूहले अस्पताल नजिकै कुटपिट गरी गम्भीर घाइते बनाएको थियो । उपाध्यायमाथि भएको कुटपिटको विरोधमा कर्मचारीले सोमबार बिहान ९ देखि ११ बजेसम्म अस्पतालका सबै उपचार अबरुद्ध गरेका भएका हुन् । कुटपिटबाट गम्भीर घाइते उपाध्यायको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment