Pages

प्रधानमन्त्रीको राजीनामा कि नयाँ मन्त्रीको सपथ ? प्रधानमन्त्रीले नमान्दा माओवादी मन्त्रीको सपथ रोकियो

 काठमाडौं ९ साउन । जेठ १४ मा संबिधानसभाको म्याद थप्दा माओवादी र काँग्रेस नेताहरुसँग तत्काल राजीनामा गर्ने भन्दै ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री झलनाथ खनाल यतिबेला निकै अप्ठेरोमा परेका छन् । सरकारमा सहभागी मन्त्रीहरु परिर्वतन गर्ने माओवादी निर्णयपछि प्रधानमन्त्री झलनाथ खनाल पाँच बुदे सहमतिलाई कार्यन्वयन गर्दै तत्काल पदबाट राजीनामा गर्ने वा माओवादी मन्त्रीहरुलाई सपथ गराउने दुईवटा जर्वरजस्त विकल्पको सामना गरिरहेका छन् । पाँचबुँदे सहमतिअनुसार राजीनामा दिनुपर्नेमा नयाँ नयाँ मन्त्री थप्दै गएको भन्दै आफ्नै पार्टी र कांग्रेसबाट बिरोध हुने देखेपछि प्रधानमन्त्री खनालले सोमबार माओवादीका नयाँ मन्त्रीहरुलाई सपथ गराउन इन्कार गरे ।  ................
सोमबार नै नयाँ मन्त्रीलाई सपथ गराउन चाहेका माओवादी अध्यक्ष प्रचण्डलाई रोक्दै प्रधानमन्त्री खनालले बिहानै काँग्रेस सभापति सुशील कोइरालालाई भेटे । म्याद थपिएको ५४ औं दिनसम्म पनि चुप लागेको नेपाली कांग्रेसको संस्थापन पक्ष देउवाले प्रधानमन्त्रीको दावी गरेपछि भने अब प्रधानमन्त्रीको राजीनामा चर्काउने निर्णयमा पुग्यो । जसको फलस्वरुप कांग्रेस सभापति सुशिल कोइरालाले नयाँ मन्त्री थप्ने हैन अब प्रधानमन्त्रीले नै राजीनामा दिनुस भन्न थाले । सोही माग राख्दै कांग्रेसले सोमबार संसद वैठकसमेत अबरुद्ध गर्‍यो । माओवादीले भने राजनीतिक र कानुनीरुपमा मन्त्रीलाई सपथ गराउँदिन भन्नु प्रधानमन्त्रीको लाचारी भएको बताएको छ । उसले पाँचुबँदे सहमतिलाई देखाएर आफ्ना मन्त्रीहरुलाई सपथ नगराउने हो भने तत्काल राजीनामा दिन भनेको छ । ‘प्रधानमन्त्रीले राजीनामा दिनु पाँच मिनेट अघिसम्म पनि हामी मन्त्री परिर्वतन गर्न सक्छौं । यो हाम्रो स्वतन्त्रताको कुरा हो’ माओवादी नेता जर्नादन शर्मा प्रभाकरले भने(’हाम्रा मन्त्रीहरुलाई सपथ गराउन्न भन्ने अधिकार प्रधानमन्त्रीलाई छैन’ कि त उहाँले तत्काल राजीनामा दिनुपर्छ ।’ राष्ट्रिय सहमतिको सरकार गठन गर्न माओवादी तयार रहेको भन्दै प्रभाकरले मन्त्री परिर्वतनलाई राष्ट्रिय सरकार गठनको अवरोध ठान्नु गलत हुने बताए । प्रमुख प्रतिपक्षी काग्रेसले पाँचबुँदे सहमतिअनुरूप प्रधानमन्त्रीले राजीनामा दिई राष्ट्रिय सरकार गठन गर्नु पर्ने बेलामा मन्त्रिपरिषद् पुनर्गगठन गर्न लागेकोमा आपत्ति जनाउँदै संसद अवरुद्ध पारेको छ । कांग्रेसले यसलाई आलोपालो सरकारको नेतृत्व गर्ने षड्यन्त्र भएको भन्दै पाँचबुँदे सहमतिअनुसार तत्काल प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने बताएको छ । ‘शान्ति र संविधान निर्माण प्रक्रिया अगाडि बढाउन वर्तमान सरकार असफल भइसक्यो’ कांग्रेस महामन्त्री प्रकाशमान सिंहले भने(’अब मन्त्रिपरिषद् पुनर्गठन होइन, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।’ बजेट पेश गर्न सहयोग गर्दा सत्ता पक्षले त्यसलाई गलत रुपमा लिएको भन्दै अब राजीनामा नदिई सदन चल्न नदिने उनले बताए । एमालेको संस्थापन पक्ष माओवादीले चाहेअनुसार आफ्ना मन्त्रीहरु परिर्वतन गर्न सक्ने बताउँछ भने माधवकुमार नेपाल(केपी शर्मा ओली पक्ष मन्त्रिपरिषद् पुनर्गठनको विपक्षमा छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष खनाल निकटका नेता यागेश भट्टराई आफ्ना मन्त्रीहरु फेर्न पाउने अधिकार माओवादीसँग रहेको बताउँछन् । ‘आफ्ना मन्त्रीहरु फेर्न अधिकार माओवादीसँग छ, यसमा एमालेको कुनै आपत्ति छैन’ उनले भने(’पाँचबुँदे सहमति भई राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास सुरु भइरहेको बेलामा यो कत्तिको उपयुक्त छ(छैन भन्ने माओवादीले बुझ्नुपर्छ ।’ तर, ओली नेपाल पक्षका नेता मन्त्री परिर्वतनको प्रस्ताव अस्वीकार गर्नु पर्ने बताउँछन् । ‘यो समयलाई उल्टो गतिमा हिडाउने प्रयास र पाँचबुँदे सहमति विपरित छ’ नेता कर्णबहादुर थापा भन्छन्(’यसलाई पार्टीले अस्वीकार गर्नुपर्छ ।’ यद्यपी एमालेले यसबारे मंगलबार स्थायी समितिबाट औपचारिक धारणा ल्याउने बताएको छ ।

No comments:

Post a Comment