Pages

टिफिन बम निष्कृय

बीरगंज ३२ असार/ बीरगंज उपमहानगरपालिका वडा नम्बर ११ स्थित माईस्थान मन्दिर छेउमा फेला परेको बम सेनाको डिस्पोजल टोलीले आज साझ सवा ५ बजे निष्कृय बनाएको छ । बाँकी समाचार.........



मन्दिरको उत्तर तर्फ रहेको तरकारी बजारमा दिउसो करीब ३ बजेको समयमा टिफिन जस्तो बेवारिशे बस्तु देखेपछि स्थानीयबासले प्रहरीलाई खबर गरेका थिए । बीरगंज स्थित नेपाली सेनाको बरख गणबाट आएको क्याप्टेन गणेशदत्त जोशीको नेतृत्वको डिस्पोजल टोलीले उक्त बमलाई निष्कृय बनाएको थियो । उक्त बम करीब १५ किलो वजनको रहेको जोशीले बताउनु भयो । बमको कारण त्यस वरपरको जनजीवन केही बेर आतंकित भएको थियो ।

No comments:

Post a Comment